सुनचाँदीको मूल्यमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबार ५ सयले घटेर प्रति तोला ५३ हजार ८ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य १० रुपियाँले घटेर प्रति तोला ७ सय ४५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार १ सय २५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ३९ रुपियाँ  कायम गरेको छ।  
प्रकाशित : Thursday, May 04, 2017
,
Loading...

recent

Popular Posts