×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाम्रो विकास बैंकको २००% हकप्रद खुल्दै, कहाँ जाने आवेदन भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – जेठ ७ गतेदेखि हाम्रो विकास बैंकले २००% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले १ः२ अनुपतामा सेयर बिक्री खुला गर्न लागेको हो । यसआधारमा बैंकले १०० रुपैयाँ अंकित मूल्य निर्धारण गरेको छ । बैंकले ३० लाख ५८ हजार ३३८.७५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रद असार ११ गतेसम्म भर्न पाइनेछ । वैशाख १० गते सम्मकायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । 
एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड लाजिम्पाट काठमाडौं तथा हाम्रो विकास बैंकको केन्द्रीय कार्यालय बिदुर ३ बट्टार नुवाकोट र अधिकांश शाखा कार्यालयबाट यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढीबाट पनि आवेदन दिन सकिनेछ । हाम्रोको बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: