जनगणतान्त्रिक सम्पर्क मंचका महासचिव काठमाडौंबाट गिरफ्तार
Powered by Blogger.
जनगणतान्त्रिक सम्पर्क मंचका महासचिव काठमाडौंबाट गिरफ्तार

काठमाडौं - नेपाल जनगणतान्त्रिक केन्द्रीय समन्वय समिति (सम्पर्क मंच) का महासचिव हिरा शाहीलाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टीनिकट रहेको उक्त संगठनका महासचिव शाहीलाई बागबजारस्थित कार्यालय जादै गर्दा बाटोमा हिडीरहेको अवस्थामा प्रहरीले पुतलीसडकबाट गिरफ्तार गरेको बताइएको छ । 

तीन महिने एकिकृत जनजागर तथा प्रतिरोध अभियान सन्चालन गरिरहेको कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय बिना कारण गिरफ्तार गर्ने कार्यलाई तिब्र बनाएको छ । गृह मन्त्रालयको सर्कुलर भन्दै प्रहरीले कार्यकक्ष तथा सडकमा हिडिरहेको अवस्थामा समेत सो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने कार्य गरिरहेको छ ।


Published Date : Wednesday, May 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...