छ्याङ्दीको आइपीओ जेठ १४ देखि खुल्ने
Powered by Blogger.
छ्याङ्दीको आइपीओ जेठ १४ देखि खुल्ने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ जेठ १४ गतेदेखि बिक्री खुला हुने भएको छ । छ्याङ्दीले निष्कासन गरेको सेयरमध्ये १० हजार ८ सय कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई दिएको छ । यो साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । बिक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुनेछ । छ्याङ्दीको आइपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम २७ सय कित्तासम्म आवेदन दिन पाइनेछ । साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २७ करोड पुग्नेछ । 

साधारण सेयरका लागि ग्लोबल आइएमई जमल, छ्याङदी हाइड्रोपावर गैरीधारा, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय क्रमशः वीरगन्जको आदर्शनगर, कास्कीको न्यूरोड, नेपालगन्जको पुष्पलालचोक, मोरङको विराटनगर, बुटवलको मिलन चोक, धनगढीको कैलाली र कञ्चनपुरको महेन्द्रनगरबाट आवेदन भर्न र बुझाउन सकिनेछ । यस्तै, काठमाडौं क्यापिटल मार्केट काठमाडौँ, प्रभु क्यापिटल कमलादी, जनरल फाइनान्सको काठमाडौंको न्यूरोड र चाबहिल शाखा कार्यालयमा पनि आवेदन भर्न र बुझाउन सकिने छ ।

यता, रिलयाबल क्यापिटल सुन्धारा, एनसीएम मर्चेन्ट कमलपोखरी, एनआइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल नक्सालमा पनि आवेदन भर्न र बुझाउन सकिन्छ । सिभिल क्यापिटल कमलादी, भिबोर क्यापिटल पुल्चोक र आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन भर्न र बुझाउन सकिन्छ ।

प्रकाशित मिति : Friday, May 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...