मैलुङ खोलाको जेठ १७ देखि स्थानीयबासीलाई ३ लाख ६८ हजार कित्ता आइपीओ, ५० देखि १८ सय ४० कित्तासम्म भर्न पाइने
Powered by Blogger.
मैलुङ खोलाको जेठ १७ देखि स्थानीयबासीलाई ३ लाख ६८ हजार कित्ता आइपीओ, ५० देखि १८ सय ४० कित्तासम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - रसुवा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई मैलुङ खोला जलविद्युत कम्पनीले जेठ १७ गतेदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले प्रति किता १०० रुपैयाँ दरको ३ लाख ६८ हजार १४४ कित्ता आइपीओ बिक्री गर्न लागेको हो । प्राप्त जानकारी अनुसार १ लाख ८४ हजार ७२ कित्ता अति प्रभावित हाकु, डाँडागाँउ र रम्चे गाविसका स्थानिय बासिन्दा र १ लाख ८४ हजार ७२ कित्ता रसुवा जिल्लाका अन्य गाविसका बासिन्दाका बिक्री गर्न लागिएको कम्पनीले बताएको छ । मैलुङको आइपीओमा जेठ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा असार १५ गतसम्म आवेदन दिन पाइनेछ । 

यसमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यो आइपीओमा ५० देखि १८ सय ४० कित्तासम्म आवेदन दिन पाइनेछ ।लगानीकर्ताले रसुवा स्थित जनता बैंकको धुन्चे, प्रभु बैंकको स्याप्रुबेसी, आइसीएफसी फाइनान्सको कालिकास्थान (रसुवा), हिमालयन बैंकको बेत्रावती र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, डाँडागाँउ–७ बाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । कम्पनीको जारी पुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ छ । यसमध्ये २५ करोड ७७ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । यस आधारमा संथापक सेयरधनीको स्वमित्व ७०% छ । पहिलो चरणमा कम्पनीले जारी पुँजीको १०% सेयर आयोजना प्रभावित स्थानियलाई बेच्न लागेको हो । यसपछि कम्पनीले २०% सेयर कर्मचारी र सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।


Published Date : Monday, May 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...