छ्याङ्दीको ५ लाख ४० हजार कित्ता आइपीओ आजदेखि बिक्री खुला, आवेदन दिन कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - छ्याङ्दी हाइड्रोपावरको ५ लाख ४० हजार कित्ता आइपीओ आइतबार देखि बिक्री खुला भएको छ । छ्याङ्दीले निष्कासन गरेको सेयरमध्ये १० हजार ८ सय कित्ता सेयर कर्मचारीलाई छुट्याएको छ भने २७ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई दिएको छ । यो साधारण सेयरमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यसको बिक्री छिटोमा जेठ १८ गते र ढिलोमा जेठ २८ गते बन्द हुनेछ । छ्याङ्दीको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम २७ सय कित्तासम्म आवेदन दिन पाइनेछ । साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २७ करोड पुग्नेछ ।

साधारण सेयरका लागि ग्लोबल आइएमई जमल, छ्याङ्दी हाइड्रोपावर गौरीधारा, ग्लोबल आइएमई बैंकको शाखा कार्यालय क्रमशः वीरगंजको आदर्शनगर, कास्कीको न्युरोड, नेपालगंजको पुष्पलालचोक, मोरङको विराटनगर, बुटवलको मिलन चोक, धनगढीको कैलाली र कञ्चनपुरको महेन्द्रनगरबाट आवेदन भर्न र बुझाउन सकिनेछ । यस्तै, काठमाडौं क्यापिटल मार्केट, प्रभु क्यापिटल कमलादी, जनरल फाइनान्सको काठमाडौंको न्यूरोड र चाबहिल शाखा कार्यालयमा पनि आवेदन भर्न र बुझाउन सकिने छ । यता रिलायबल क्यापिटल सुन्धारा, एनसीएम मर्चेन्ट कमलपोखरी, एनआइसी एसिया क्यापिटल बबरमहल, सानिमा क्यापिटल नक्सालमा पनि आवेदन भर्न र बुझाउन सकिन्छ । सिभिल क्यापिटल कमलादी, भिबोर क्यापिटल पुल्चोक र आस्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन भर्न र बुझाउन सकिन्छ ।
प्रकाशित : Sunday, May 28, 2017

recent

Popular Posts