×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कम्युनिष्ट पार्टीले यसकारण गर्‍यो कटुवाल बस्दै अाएको घर कब्जा

झापा – नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको क्रममा जनअदालतको फैसला कार्यान्वयन गर्न भन्दै भुपुध्वज कटुवाल बस्दै अाएको घर कब्जा गरेको छ । झापा जनपरियषद् प्रमुख सुमनसिंह पौडेलले हस्ताक्षर गरेको विज्ञप्ति टाँसेर सो घर कब्जा गरिएको हो । घरमा जनपरिषद्को झण्डा समेत गाँडिएको छ ।
झापाको गौरादह बजार गौरादह साबिक वार्ड नं. ८ स्थित इलाइ मियाको घर भुपुध्वज कटुवालले कब्जा गरेका थिए । मियाको २०४० मा निधन पश्चात् २०४१ सालमा श्रीमतीलाई विभिन्न आरोप लगाएर घरबाट माइत (भारत) जान बाध्य पारेर कटुवालले सो घर कब्जा गरेका थिए । कटुवालले अर्कै महिलालाई मियाको नक्कली श्रीमती बनाएर बिराटनगर मालपोत कार्यलयबाट उक्त घर-जग्गा आफ्नो नाममा पास गराएका थिए । त्यसबेला मियाका ३ जना छोराहरु नाबालक थिए ।
घर-जग्गा कब्जा गर्न मिया परिवारले गाई काटेर खाएको झुटो अारोपमा फसाएर कटुवालले अाफूहरुलाई अामाले बेचेको भनेर स्वीकार्य बाध्य समेत पारेको मियाका छोराहरु बताउँछन् । उनिहरु अहिले सुकुम्बासी रुपमा जीवन बितइरहेका छन् । अाफ्नो अामाले घर-जग्गा कटुवाललाई नबेचेको भन्दै मियाका छोराले मालपोल कार्यालयमा भएको अौठाछाप र अाफ्नी अामाको अौठाछाप जाँच गर्न समेत माग गरेका छन् ।
जनयुद्ध कालमा मिया परिवारले उजुरी गरेपछि तत्कालिन जनअदालतले उक्त घर-जग्गा पीडित मिया परिवारले नै पाउने फैसला गरेको थियो । किर्ते गरेर कब्जा गरेको स्वीकार्दै कटुवालले घर फिर्ता गर्ने बताएका थिए । तर, पछिल्लो पटक नेकपा एमालेका सांसद दिपक कार्कीको अगुवाइमा कटुवालले मिया परिवारलाई उल्टै धम्की दिँदै घर-जग्गा फिर्ता नगर्ने बताउँदै अाएका छन् । करोडौं मूल्य पर्ने अाफ्नो घर फिर्ताको लागि पीडित मिया परिवारले उजुरी गरेका कारण अाफूहरुले कब्जा गरेको जिल्ला जनपरिषद् पौडेलले बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: