कैलाशको सेयर लिलामी भर्ने आज अन्तिम मौका
Powered by Blogger.
कैलाशको सेयर लिलामी भर्ने आज अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - कैलाश विकास बैंकको ७३ हजार ५५४ कित्ता सेयर लिलामीमा भर्ने बिहीबार अन्तिम दिन हो । आवेदकले आज बैकिङ समयभित्र यो लिलामी सेयरमा आवेदन दिन सक्नेछन् । कैलाशले वैशाख २० गतेदेखि संस्थापक समूहको १० हजार ९८१ कित्ता र सर्वसाधारण समूहको ६२ हजार ५७३ कित्ता गरी कुल ७३ हजार ५५४ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । बैंकले यसअघि यो लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद वैशाख २८ गते तोकेको थियो तर त्यो समयभित्र बिक्री नभएपछि ७ दिनको समय थप गरेर अन्तिम दिन बिहीबारलाई तोकेको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ ।

 यसअघि कैलाशले फागुन ६ देखि चैत १० गते सम्म ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यो लिलामीमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । कैलाशको यो लिलामी सेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९७ करोड ५४ लाख २० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कैलाशले ३६ करोड ७९ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८४ पैसा रहेको कैलाशको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ३७ पैसा छ ।


Published Date : Thursday, May 18, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...