कर्णाली डेभलपमेन्ट बैंकले कमाए १४८.७% ले खुद नाफा
Powered by Blogger.
कर्णाली डेभलपमेन्ट बैंकले कमाए १४८.७% ले खुद नाफा


 
  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कर्णाली डेभलपमेन्ट बैंकले ३८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ  । यो नाफा गत वर्षको तुलनमा १४८.७% ले धेरै हो । गत वर्ष कर्णालीले १५ लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानीमा पनि ४२.६१% ले बढोत्तरी गरेर यो त्रैमासमा ४ करोड १९ लाख ८७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष कर्णालीले २ करोड ९४ लाख ४० हजार रुपैयाँ मात्र खुद आम्दानी गरेको थियो । चुक्ता पुँजी १५ करोड १० लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा ३ करोड २३ लाख ८७ हजार रुपैयाँ मात्र छ । 

निक्षेप  १ अर्ब ६१ करोडबाट बढाएर १ अर्ब ८० करोड ८७ लाख ४७ हजार रुपैयाँ पुर्याएको बैंकले ९६ करोड ९१ लख ४८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रोभिजनतर्फ ६५ लाख ३६ हजार रुपैयाँ छुट्याएको कर्णालीको खराब कर्जा भने गत वर्षको त्रैमासको तुलनामा थोरैले बढेर ४.७२% भएको छ । गत वर्षको त्रैमासमा बैंकको खराब कर्जा ४.४३% थियो । कर्जा निक्षेप अनुपात ४८.६५% रहेको कर्णालीको कस्ट अफ फन्ड ६.२०% छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ४५ पैसा छ । 


Published Date : Friday, May 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...