×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काठमाडौंसहित चारवटै महानगरपालिकामा एमालेको अग्रता, भरतपुरमा रोमाञ्चक प्रतिस्पर्धा

 काठमाडौँ – देशका चार वटै महानगरपालिकामा जारी मतगणनामा एमालेले अग्रता लिइरहेको छ । काठमाडौँ र भरतपुर महानगरपालिकाको प्रतिस्पर्धा भने निकै रोमाञ्चक छ ।
भरतपुर महानगरपालिकामा बिहान माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिए पनि अहिले एमालेका देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । उपमेयरमा भने काँग्रेसकी उम्मेदवार पार्वती शाह अगाडि छिन् ।
यसैगरी, काठमाडौं महानगरपालिकामा एमाले सबैभन्दा अघि छ । दोस्रोमा साझा पार्टीका किशोर थापा छन् । थापालाई नेपाली काँग्रेसका राजुराज जोशीले पछइरहेका छन् । चौंथोमा विवेकशील नेपाली दलकी रञ्जु दर्शना छिन् ।
ललितपुर महानगरपालिकामा एमालेका हरिकृष्ण व्यञ्जनकारको अग्रता कायमै छ । दोस्रो स्थानमा कांग्रेसका चिरिबाबु महर्जन छन् ।
पोखरा महानगरपालिकामा एमालेका मानवहादुर जिसी र उपमेयर मन्जु गुरुंग फराकिलो मत अन्तरले अगाडि छन् । कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार रामजी कुँवर र सरस्वती गुरुंगले उनीहरुलाई पछ्याइरहेका छन् । चितवन बाहेक अन्य सबै महानगरपालिकामा माओवादीले टक्कर दिन सकेको छैन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: