×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाइफ इन्सुरेन्स कर्पोरेसनको २४.८०% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – लाइफ इन्सुरेन्स कर्पोरेसनको २४.८०% बोनस पाउन सेयर किन्ने बिहीबार अन्तिम दिन हो । इन्सुरेन्सले जेठ १९ गते बोलाएको वार्षिक साधारण सभामा २४.८०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.३०% नगद लाभांश दिने प्रस्ताव गरेको छ । यसका लागि कम्पनीले शुक्रबारदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ । बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र बोनस सेयर पाउने हुँदा बिहीबार नै लाइफ इन्सुरेन्सको सेयर किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः बोनसको हकदार हुनेछन् ।
साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लाइफ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ६ करोड ९४ लाख ५३ हजार रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा २२ करोड ९८ लाख ९१ हजार रुपैयाँ छ । यसले जीवन बिमा कोषमा पनि ३१ अर्ब ८९ करोड १७ लाख ९२ हजार रुपैयाँ जम्मा गरेको छ । तेस्रो त्रैमासमा लाइफ इन्सुरेन्सले ४ करोड ९८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७२ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: