लाइफ इन्सुरेन्सको २४.८% बोनसमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल स्टक एक्सचेन्जले लाइफ इन्सुरेन्स कर्पोरेसनको २४.८% बोनसमा मूल्य समायोजन गरेर २२ सय ८४ रुपैयाँ भाउ तोकेको छ । यस आधारमा बोनस समायोजनपछि आइतबार लाइफ इन्सुरेन्सको सेयर कारोबार प्रतिकित्ता २२ सय ८४ रुपैयाँमा खुलेको छ । कम्पनीको औसत आधार मूल्य भने २५ सय २९ रुपैयाँ छ । इन्सुरेन्सले जेठ १९ गते बोलाएको वार्षिक साधारण सभामा २४.८०% बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.३०% नगद लाभांश दिने प्रस्ताव गरेको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लाइफ इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ६ करोड ९४ लाख ५३ हजार रुपैयाँ छ । कम्पनीको रिजर्भ कोषमा २२ करोड ९८ लाख ९१ हजार रुपैयाँ छ । यसले जीवन बिमा कोषमा पनि ३१ अर्ब ८९ करोड १७ लाख ९२ हजार रुपैयाँ जम्मा गरेको छ । तेस्रो त्रैमासमा लाइफ इन्सुरेन्सले ४ करोड ९८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ७२ पैसा छ । 
प्रकाशित : Sunday, May 21, 2017
Loading...

recent

Popular Posts