×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मीले कमाए ५६ करोड ९१ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं :  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकले ५६ करोड ९१ लाख खुद नाफा बढाएको छ । बैंकको खुद नाफा तेस्रो त्रैमाससम्म २९.२८% वृद्धि भएको  छ । गत वर्षको यस अवधिमा बैंकको खुद नाफा ४४ करोड १ लाख ८७ हजार रुपैयाँ मात्र थियो । लक्ष्मीले खुद ब्याज आम्दानी पनि ३०.६५% ले बढाएर १ अर्ब १७ करोड ३२ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी ८९ करोड ७९ लाख ३० हजार रुपैयाँ थियो । बैंकको निक्षेप संकलन ३२.२३% ले बढेर ५७ अर्ब ८० करोड ११ लाख  ७५ हजार रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३६.९०% ले बढेर ५० अर्ब २१ करोड ७६ लाख ३६ हजार रुपैयाँ पुगेको छ । बैंकले ४ करोड ९० लाख ८४ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमका लागि २७ करोड  ६३ लाख २८ हजार रुपैयाँ छुट्याएको छ ।
बैंकको खराब कर्जा भने १.२८% बाट केही बढेर १.७९% पुगेको छ । बैंकको कस्ट अफ फन्ड पनि बढेर ६.७६% पुगेको छ । गत वर्ष यही अवधिमा बैकको कस्ट अफ फन्ड ३.९४% थियो । लक्ष्मीको चुक्ता पुँजी खासै बढ्न नसकेको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लक्ष्मीको चुक्ता पुँजी ३ अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ मात्र छ । यो गत वर्षको तुलनामा ३.९४% ले वृद्धि हो । गत वर्षको यस अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँ थियो । त्यसो त बैंकले एक सय प्रतिशत हकप्रद सेयर खुला गरेको छ । यो हकप्रद सेयर पुँजीकरण भएपछि चुक्ता पुँजीमा शतप्रतिशत वृद्धि हुनेछ । राष्ट्र बैंकले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन लक्ष्मीले १००% हकप्रद सेयरको बिक्री खुला गरेको हो । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड ८० लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
यो त्रैमासमा आइपुग्दा बैंकको रिजर्भ कोषमा ४ अर्ब ३२ करोड ९८ लाख ४९ हजार रुपैयाँ छ । गत वर्षसँग तुलना गर्दा रिजर्भ कोषको प्रगति भने निकै राम्रो देखिएको छ । यसपटक रिजर्भ कोष १४४.४६% ले बढेको छ । गत वर्ष बैंकको रिजर्भ कोषमा १ अर्ब ७७ करोड ११ लाख १७ हजार रुपैयाँ थियो । लक्ष्मीको प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा छ भने प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ६ पैसा छ । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ३८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । प्रोफेसन दियालोलाई एक्वायर गरी एक सय प्रतिशत हकप्रदलाई समेत बोनस दिइने भएकाले वास्तविक बोनस भने १८.२९ प्रतिशत हुनेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: