माछापूछ्रे बैंकले १० बराबर १.२ को अनुपातमा हकप्रद जारी गर्ने
Powered by Blogger.
माछापूछ्रे बैंकले १० बराबर १.२ को अनुपातमा हकप्रद जारी गर्ने


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - माछापूछ्रे बैंक लिमिटेडले १० बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डबाट बैंकले जेठ ७ गते अनुमति पाएको हो । 

माछापूछ्रेले एक सय रुपैयाँ अंकित मूल्यमा ७९ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको ७९ लाख १८ हजार चार सय ४० कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

हाल माछापूछ्रे बैंकको चुक्तापुँजी छ अर्ब ५९ करोड ८७ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी सात अर्ब ३९ करोड पाँच लाख ४४ हजार रुपैयाँ पुग्नेछ । 


Published Date : Monday, May 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...