×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महाकालीले कमाए १ करोड ६८ लाख खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा महाकाली विकास बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्ष यही त्रैमासको तुलनामा ४१ लाख ३८ हजार रुपैयाँ धेरै हो । गत वर्ष बैंकले १ करोड २७ लाख १६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । महाकालीले खुद ब्याज आम्दानीमा पनि गत वर्षको तुलनामा १ करोड ७१ लाख २० हजार रुपैयाँले बढोत्तरी गर्न सफल भएको छ । गत वर्ष २ करोड ९६ लाख ३० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यो त्रैमासमा ४ करोड ६७ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
निक्षेपमा १ अर्ब २४ करोड ६८ लाख ३ हजार रुपैयाँ संकलन गरेको महाकालीले १ अर्ब १ करोड १८ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १.७३% रहेको छ । यसैगरी, बैंकको कर्जा निक्षेप अनुपात ७१.३४% र कस्ट अफ फन्ड ६.२३% छ । सम्भावित जोखिमका लागि महाकालीले ६७ लाख ४१ हजार रुपैयाँ छुट्याएको छ । चुक्ता पुँजी १४ करोड ८८ लाख २४ हजार रुपैयाँ रहेको महाकालीको जगेडा कोषमा भने ५ करोड १८ लाख ८२ हजार रुपैयाँ मात्र छ । चुक्ता पुँजीको आधारमा बैंकले जगेडा कोष बढाउनुपर्ने देखिन्छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३२ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: