×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुवेदी र रेग्मीको यस्तो लोकाचारी ! कांग्रेस र माओवादीलाई मकै बाँडेजसरी पदक बाँडियो

काठमाडौं । कर्मचारीले देश विगारे भन्ने आरोप यतिबेला करिब करिब सत्य भएको छ । मुख्यसचिव र गृहसचिवको लोकाचारीले गणतन्त्र दिवसमा राज्यले दिन लागेको ५ सय बढि पदकमा र्याल काढ्ने मुख्यसचिव सोमलाल सुवेदी र गृहसचिव लोकदर्शन रेग्मीको नियत छरिएको छ । अझ, सत्तारुढ दलका कार्यकर्ता र नेतालाई मात्र दिइएको यो पदक त कतिपयले बहिस्कारै गरे । सत्तारुढको दलका नेताको पाउ मोल्न गरिएको निर्णय जग हँसाएको छ । 
गणतन्त्र दिवस ०७४ को अवसर पारेर ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय भएको छ । यो वर्ष दुई ठूला पदक कांग्रेसका नेताहरूलाई मरणोपरान्त प्रदान गरिने भएको छ । नेपालको सर्वोच्च विभुषण प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालालाई मरणोपरान्त प्रदान गरिने भएको छ ।
राष्ट्रगौरव मानपदवी मरणोपरान्त महेन्द्रनारायण निधिलाई प्रदान गरिने भएको छ । उनी नेपाली कांग्रेसका नेता एवं वर्तमान उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिका पिता हुन् ।
गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल रत्न मरणोपरान्त मदन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो । उनी एमालेका तत्कालीन महासचिव हुन् । कांग्रेस र एमाले सरकारले राष्ट्रगौरव मानपदवी कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त र एमाले नेता समेत रहेका तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रदान गरिएको थियो ।
यो वर्ष महाउज्ज्जल राष्ट्रदीप मानपदवी ५ जनालाई प्रदान गर्ने निर्णय भएको छ, जसमा कांग्रेसका दुई दिवंगत नेता छन् । कांग्रेसकी नेतृ स्व. नोना कोइराला, स्व. शेख इद्रिसलाई प्रदान गर्ने निर्णय भएको छ । यस्तै माओवादीका नेताहरू अमिक शेरचन र बर्मन बुढासँगै स्व. रामकुमारी यादवलाई महाउज्ज्जल राष्ट्रदीप मानपदवी प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।
यो वर्ष प्रसिद्ध प्रवलजनसेवाश्री मानपदवी ८ जनालाई प्रदान गर्ने निर्णय भएको छ । रोचक त के छ भने मानपदवी, अलंकार र पदक पाउनेको सूची बनाउने गृहसचिव लोकदर्शन रेग्मी र अनुमोदन गराउने मुख्य सचिव सोमलाल सुवेदी दुबैको नाम प्रसिद्ध प्रवलजनसेवाश्री पदक पाउनेको सूचीमा छ ।
सुप्रबल जनसेवाश्री मानपदवी पाउनेहरूमा धेरै राष्ट्रसेवक कर्मचारीका साथै सुरक्षा निकायका उच्च पदाधिकारी पनि छन् । 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यदेखि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मालाई पनि प्रवल जनसेवाश्री प्रदान गर्ने निर्णय भएको छ ।
गृहसचिव र मुख्यसचिवको यो निर्णयको सर्वत्र आलोचना भएको छ । लेखक झलक सुवेदीले त यो पदको औचित्य नभएको नै बताइदिए । सामाजिक सञ्जालहरूमा यस्तो पदक लिन के गर्नुपर्छ भनी प्रश्न पनि गरेका छन्, सर्वसाधारणले । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: