मिर्मिरे माइक्रोफाइनान्सले ५०% हकप्रद बिक्री गर्न जेठ १७ गते बुक क्लोज गर्दै
Powered by Blogger.
मिर्मिरे माइक्रोफाइनान्सले ५०% हकप्रद बिक्री गर्न जेठ १७ गते बुक क्लोज गर्दै


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५०% हकप्रद सेयर बिक्री गर्न जेठ १७ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र मिर्मिरेको हकप्रद भर्न पाउनेछन् । मिर्मिरेले १ः०.५ अनुपातमा १ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । 

यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ । मिर्मिरे माइक्रोपाइनान्सको हाल चुक्ता पुँजी ३ करोड रुपैयाँ छ । तेस्रो त्रैमासमा यसले १ करोड २१ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी अनुपात (वार्षिक) ५४.१८% र प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ८१ पैसा छ ।

प्रकाशित मिति : Wednesday, May 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...