×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ सेवा सञ्चालनमा, यस्ता छन् विशेष सुविधा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने छ र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ।
  • निक्षेप संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२
  • कर्जा संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३
यसै गरी डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: