नेपाल बंगलादेश बैंकको ८०% हकप्रद भर्ने भोली अन्तिम मिति
Powered by Blogger.
नेपाल बंगलादेश बैंकको ८०% हकप्रद भर्ने भोली अन्तिम मिति


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल बंगलादेश बैंकको ८०% हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन हो । यसआधारमा बैंकका सेयरधनीले बुधबार बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले बैशाख ७ गतेदेखि १०ः८ अनुपातमा ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७२ करोड रुपैयाँ पुग्नेछ । यसअघि बैंकले ३२ प्रतिशत बोनस सेयर दिइसकेको छ । राष्ट्र बैंककले तोकेको चुक्त पुँजी पुर्याउनको लागि नेपाल बंगलादेशले पनि ८०% हकप्रदको बाटो रोजेको हो । बैंकको यो हकप्रदमा आवेदन दिन चैत १६ गते सम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।

ग्लोबल आइएमई क्यपिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गरेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ( बार्षिक) र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ । 


Published Date : Tuesday, May 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...