नेपाल बंगलादेश बैंकको ८०% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट आवेदन दिने सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल बंगलादेश बैंकको ८०% हकप्रद सेयर भर्ने बुधबार अन्तिम दिन हो । आवेदकहरुले आज बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाइनेछ । बैंकले बैशाख ७ गतेदेखि १०ः८ अनुपातमा ३ करोड २० लाख ९४ हजार ६८.८० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद निष्कासनपछि बैैंकको चुक्ता पुँजी ७ अर्ब २२ करोड ११ लाख ६५ हजार ५०० रुपैयाँ हुनेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बंगलादेश बैंकले ८०% हकप्रदको बाटो रोजेको हो । बैंकको यो हकप्रदमा चैत १६ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

ग्लोबल आइएमई क्यपिटल लिमिटेड राष्ट्रिय नाचघर जमल काठमाडौंबाट यसमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंलगायत बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन पाइनेछ । यो हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेड गरेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ५१ करोड ४० लाख ७९ हजार रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८२ करोड ७६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ( वार्षिक) र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ छ । 
प्रकाशित : Wednesday, May 24, 2017

recent

Popular Posts