एनबी इन्सुरेन्सको हकप्रद र सांग्रिलाको बोनसमा मूल्य समायोजन
Powered by Blogger.
एनबी इन्सुरेन्सको हकप्रद र सांग्रिलाको बोनसमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल स्टक एक्सचेन्जले बिहीबार एनबी इन्सुरेन्स र साँग्रिला डेभलपमेन्ट बैंकको मूल्य समायोजन गरेको छ । नेप्सेले एनबीको १००% हकप्रद र सांग्रिलाको १६.०७% बोनस सेयरमा मूल्य समायोजन गरेको हो । मूल्य समायोजन भएर बिहीबार एनबीको कारोबार प्रतिकित्ता १ हजार रुपैयाँमा कारोबार खुलेको छ भने सांग्रिलाको प्रतिकित्ता ४२४ रुपैयाँमा खुलेको छ । एनबीको औसत आधार मूल्य ५५० रुपैयाँ र सांग्रिलाको ३६६ रुपैयाँ छ । एनबीले १००% हकप्रद निष्कासनका लागि र सांग्रिलाले १२औं वार्षिक साधारण सभाका लागि बिहीबारदेखि बुक क्लोज गरेका हुन् । 

एनबीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ । यसैगरी, सांग्रिलाले पनि यो त्रैमासमा २४ करोड ४९ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अहिले यसको चुक्ता पुँजी १ अर्ब ७ करोड ३४ लाख ५६ हजार रुपैयाँ छ । 


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...