एनएमबि माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन
Powered by Blogger.
एनएमबि माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - एनएमबि माइक्रोफाइनान्सको ३० हजार ८ सय ४४ कित्ता सेयर लिलामीमा भर्ने सोमबार अन्तिम दिन हो । एनएमबिले जेठ २ गतेदेखि संस्थापक समूहको १५ हजार ८७० कित्ता र सर्वसाधारण समूहतर्फको १४ हजार कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीले यसअघि हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर यतिबेला लिलामीमा बेच्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले यो लिलामीमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेस गर्नुपर्नेछ ।

संस्थापक समूहको बोलपत्र जेठ ९ गते दिउसो ३.३० बजे र सर्वसाधारण समूहतर्फको बोलपत्र सोही दिन ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौैमा खोलिनेछ । हाल कम्पनीको सेयर पुँजी १० करोड ९६ लाख १५ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबिले ३ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ८३ पैसा छ । 


Published Date : Monday, May 22, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...