नेको इन्सुरेन्सको ९२ हजार कित्ता सेयर लिलामीमा
Powered by Blogger.
नेको इन्सुरेन्सको ९२ हजार कित्ता सेयर लिलामीमा


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेको इन्सुरेन्सले ९२ हजार ८९३.३२ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ६ हजार १६३.७९ कित्ता र सर्वसाधारण समूहको ८६ हजार ७२९.५३ कित्ता गरी कुल ९२ हजार ८९३.३२ कित्ता सेयर शुक्रबारदेखि बिक्री खुला गरेको हो । लगानीकर्ताले यो लिलामीमा न्यूनतम १०० रुपैयाँ भन्दा माथी भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र नेकोको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा पुग्ने गरी पेस गर्नुपर्नेछ । जेठ ११ गतेसम्म बोलपत्र पेस गर्न पाइनेछ । यसअघि नेकोले फागुन ३ देखि चैत ७ गते सम्म १००% हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण र संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । आवेदकले सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता देखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि र संस्थापक समूहमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन सक्नेछन् ।

संस्थापक समूहको बोलपत्र जेठ १२ गते दिउसो १.३० बजे र सर्वसाधारण समूहको बोलपत्र सोही दिन दिउसो २ बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोलिनेछ । यसको बाँडफाँट जेठ १९ गते हुनेछ । लगानीकर्ताले बाँडफाँटमा नपरेको सेयर बापतको पैसा आफूले आवेदन बुझाएको संकलन केन्द्रबाट जेठ २४ गतेदेखि फिर्ता पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेकोले १२ करोड ८८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्नीको बिमा कोषमा २४ करोड ४५ लाख ५ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ (बार्षिक) र प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ १६ पैसा छ । 

प्रकाशित मिति : Friday, May 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...