नेको इन्सुरेन्सको ९२ हजार कित्ता लिलामी भर्ने शुक्रबार अन्तिम दिन
Powered by Blogger.
नेको इन्सुरेन्सको ९२ हजार कित्ता लिलामी भर्ने शुक्रबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेको इन्सुरेन्सको ९२ हजार कित्ता लिलामी भर्ने समय १ दिन थपेर शुक्रबारसम्म कायम गरिएको छ ।बिहीबार भोटेजात्राका कारण सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएकाले कम्पनीले १ दिन थप गरेको हो । यसअघि नेकोले बिहीबारसम्म मात्र लिलामी सेयरमा आवेदन दिन पाइने जनाएको थियो । कम्पनीले जेठ ५ गतेदेखि संस्थापक समूहको ६ हजार १६३.७९ कित्ता र सर्वसाधारण समूहको ८६ हजार ७२९.५३ कित्ता गरी कुल ९२ हजार ८९३.३२ कित्ता सेयर बिक्री खुला गरेको गरेको हो । लगानीकर्ताले यो लिलामी सेयरमा न्यूनतम १०० रुपैयाँ भन्दा माथि भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । यसमा जेठ १२ गते १.३० बजेसम्म मात्र आवेदन दिन सकिनेछ ।

बोलपत्र नेकोको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा पुग्ने गरी पेस गर्नुपर्नेछ । यसअघि नेकोले फागुन ३ देखि चैत ७ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गर्दा नबिकेको सर्वसाधारण र संस्थापक समूहको सेयर लिलामीमा ल्याएको हो । यो लिलामीमा आवेदकले सर्वसाधारण समूहमा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने सबै कित्ताका लागि र संस्थापक समूहमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन सक्नेछन् । संस्थापक समूहको बोलपत्र जेठ १४ गते दिउसो ३.३० बजे र सर्वसाधारण समूहको बोलपत्र सोही दिन दिउसो ४ बजे एनएमबि क्यापिटल नागपोखरी काठमाडौंमा खोलिनेछ ।

यसको बाँडफाँट जेठ २१ गते हुनेछ । लगानीकर्ताले बाँडफाँटमा नपरेको सेयर बापतको पैसा आफूले आवेदन बुझाएको संकलन केन्द्रबाट जेठ २६ गतेदेखि फिर्ता पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेकोले १२ करोड ८८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्नीको बिमा कोषमा २४ करोड ४५ लाख ५ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ (वार्षिक) र प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ १६ पैसा छ । 


Published Date : Thursday, May 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...