नेपाल बैंकको २३.७४% हकप्रद भर्ने म्याद बुधबारसम्म, आवेदन भर्न कहाँ जाने ?
Powered by Blogger.
नेपाल बैंकको २३.७४% हकप्रद भर्ने म्याद बुधबारसम्म, आवेदन भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको २३.७४% हकप्रद भर्न भोलीसम्म समय बाँकी छ । जेठ १० गते बैंकिङ समयसम्म मात्र नेपाल बैंकको हकप्रदमा आवेदन दिन पाइनेछ । बैंकले वैशाख ७ गतेदेखि १००ः२३.७४ अनुपातमा १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले २३.७४% हकप्रदको बाटो रोजेको हो । हकप्रदपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार २०० रुपैयाँ पुग्नेछ । यो हकप्रदमा चैत २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सिभिल क्यापिटल मार्केट लिमिटेड सीटीसी महल सुन्धारा काठमाडौंमा गएर आवेदन फारम भर्न सकिनेछ । त्यसैगरी, नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथ काठमाडौं सहित अधिकांश शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४५ करोड ९५ लाख ५९ हजार रुपैयाँ छ । 


Published Date : Tuesday, May 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...