नेपाल बैंकको २३.७४% हकप्रद भर्ने आज अन्तिम दिन
Powered by Blogger.
नेपाल बैंकको २३.७४% हकप्रद भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडको २३.७४% हकप्रद भर्ने बुधबार अन्तिम दिन हो ।  बैंकिङ समयसम्म मात्र यो हकप्रदमा आवेदनहरुले आवेदन दिन सक्नेछन् । बैंकले वैशाख ७ गतेदेखि १००ः२३.७४ अनुपातमा १ करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले २३.७४% हकप्रदको बाटो रोजेको हो । हकप्रदपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार २०० रुपैयाँ पुग्नेछ । यो हकप्रदमा चैत २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सिभिल क्यापिटल मार्केट लिमिटेड सीटीसी मल सुन्धारा काठमाडौंमा गएर आवेदन फारम भर्न सकिनेछ । 

त्यसैगरी, नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथ काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि यो हकप्रदमा आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ४५ करोड ९५ लाख ५९ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले २ अर्ब ५१ करोड ५८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६ पैसा छ । 

प्रकाशित मिति : Wednesday, May 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...