एफपीओ ल्याउन ग्रामीण विकास बैंकले धितोपत्र बोर्डसँग माग्यो अनुमति


  • अर्थसरोकार संवाददाता ।
काठमाडौं : नेपाल ग्रामीण विकास बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । धितोपत्र बोर्डले कम्पनीसँग आवश्यक थप कागजपत्र मगाइएको जानकारी दिए पनि कति रुपैयाँमा एफपीओ ल्याउन प्रस्ताव गरेको हो भन्ने बारेमा भने केही पनि खुलाइएको छैन । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ छ । बैंकले १९ करोड ५८ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ४६ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ २७ पैसा छ । ग्रामीणको एफपीओमा प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।
प्रकाशित : Wednesday, May 31, 2017

recent

Popular Posts