एसबीआईको हकप्रद खुल्यो, फारम भर्ने म्याद असार ११ सम्म
Powered by Blogger.
एसबीआईको हकप्रद खुल्यो, फारम भर्ने म्याद असार ११ सम्म


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेपाल एसबीआई बैंकको ४०% हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । बैंकले १०:४ अनुपातमा सेयर बिक्री खुला गरेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार ११ गतेसम्म आवेदन दिन पाईनेछ । बैंकको यो हकप्रद बैशाख २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न सक्नेछन् । 

एसबीआई बैंकको केन्द्रीय कार्यालय केशरमहल लैनचौर, काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार, काठमाडौं र एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।  एसबीआई मर्चेन्ट बैंकिङ र एनएमबि क्यापिटल लिमिटेडमा भने चेकमात्र बुझिलिने व्यवस्था छ । एसबीआईको यो हकप्रदमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो ।

प्रकाशित मिति : Sunday, May 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...