×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआईले कमाए १६.२२% खुद नाफा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।बैंकले  १६.२२% ले खुद नाफा वृद्धि गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ९५ करोड ३ लाख रुपैयाँ मात्र थियो । एसबीआई समूहको खुद नाफा भने १ अर्ब १० करोड ७७ लाख १३ हजार रुपैयाँ छ । एसबीआई बैंकले खुद ब्याज आम्दानी पनि २६.२४% ले वृद्धि गरेर २ अर्ब १९ करोड ५७ लाख ४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष खुद ब्याज आम्दानी १ अर्ब ७३ करोड ९२ लाख ८४ हजार रुपैयाँ थियो । यसैगरी, बैंकले २ करोड ३६ लाख ९ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने १८ करोड १० लाख ४९ हजार रुपैयाँ संभावित जोखिमका लागि छुट्याएको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा एसबीआईले ८५ अर्ब ४६ करोड ७३ लाख ३ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ६१ अर्ब ७१ करोड ५२ लाख ४२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा यो त्रैमासमा ०.१२% मा सीमित छ । गत वर्ष बैंकको खराब कर्जा ०.१४% थियो । बैंकको कर्जा निक्षेप अनुपात ७२.०९% छ । बैंकको कस्ट अफ फन्ड भने गत वर्षको भन्दा थोरै बढेको छ । गत वर्ष २.५६% रहेको कस्ट अफ फन्ड यो त्रैमासमा २.९६% छ । बैंकको इक्विटीमा प्रतिफल पनि कम भएको छ । हाल बैंकको इक्विटीमा प्रतिफल (वार्षिक) २०.३५% छ । यो गत वर्ष २१.४७% थियो । 
एसबीआई बैंकले चुक्ता पुँजी गत वर्षको तुलनामा २८.२२% ले वृद्धि गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड ३७ लाख ३६ हजार रुपैयाँ थियो । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउने उदेश्यले एसबीआईले जेठ ७ गतेदेखि ४०% हकप्रद सेयरको बिक्री पनि गर्न लागेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख १८ हजार रुपैयाँ पुग्नेछ । यो त्रैमासमा बैंकको रिजर्भ कोषमा ३ अर्ब ११ करोड ८ लाख १० हजार रुपैयाँ जम्मा भएको छ । एसबीआईको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: