×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआइ बैंकको हकप्रद सुरक्षित गर्ने सोमबार अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाल एसबिआइ बैंकको ४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो । वैशाख २५ गतेसम्म कायम सेयरधनीले बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । बुक क्लोज हुनुभन्दा अघि सेयर किनेकाले मात्र हकप्रद भर्न पाउँछन् । बैंकले जेठ ७ गतेदेखि १०ः४ अनुपातमा सेयर बिक्री खुला गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूूल्यको १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर असार ११ गतेसम्म भर्न पाइनेछ । हकप्रद निष्कासनपछि एसबीआइको चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख ९८ हजार २५९ रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन एसबीआइले ४०% हकप्रदको बाटो रोजेको हो । 
एसबीआइ बैंकको केन्द्रीय कार्यालय केशरमहल लैनचौर काठमाडौंसहित देशभरका अधिकांश शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ । त्यसैगरी नेपाल एसबीआइ मर्चेन्ट बैंकिङ लिमिटेड हात्तिसार काठमाडौं र एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । एसबीआइ मर्चेन्ट बैंकिङ र एनएमबि क्यापिटल लिमिटेडमा भने चेकमात्र बुझिलिने ब्यवस्था छ । एसबिआइको यो हकप्रदमा बिक्री प्रत्रन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: