×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआइको ४०% हकप्रदमा भयो मूल्य समायोजन, कतिमा हुदैँ छ मूल्य समायोजन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसबीआइको ४०% हकप्रदमा मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार नेपाल एसबीआइ बैंकको मूल्य समायोजन गरेर प्रतिकित्ता १ हजार २९ रुपैयाँ तोकिएको छ । यस आधारमा हकप्रद समायोजनपछि मंगलबार प्रतिकित्ता १ हजार २९ रुपैयाँमा बैंकको सेयर कारोबार खुलेको छ । एसबीआइको औसत आधार मूल्य भने १ हजार ५० रुपैयाँ छ । एसबीआइले जेठ ७ गतेदेखि १०ः४ अनुपातमा १ करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्दैछ ।
नेपाल एसबीआइ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब १० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ९७ करोड १७ लाख १८ हजार रुपैयाँ पुग्नेछ । एसबीआइको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ४७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: