×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचन आयोगले भन्योः थपिएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन गराउन सक्दैनौं

काठमाडौँ  – प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले थपिएका स्थानीय तहमा जेठ ३१ मै निर्वाचन गराउन नसकिने बताएका छन् । स्थानीय तहको संख्या वृद्धिबारे सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट अधुरो प्रतिवेदन आएको र त्यसैका आधारमा निर्वाचन हुन नसक्ने बताएका छन् ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँग आज भएको छलफलमा उनले थपिएको स्थानीय तहका बारे सरकारबाट आधिकारिक जानकारी समेत नआएको बताए । आयोगले ४ सय ६१ वटा स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।
चार प्रदेशका ४ सय ६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको उनको भनाई थियो । – काठमाडौँ टुडे  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: