×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्थगित पोखरा लेखनाथ महानगरको मतगणना अझै सुरु हुन् सकेन


पोखरा – पोखरा लेखनाथ महानगरपालिकाको स्थगित मतगणना अझै सुरु हुन् सकेको छैन । शनिबार साझ फर्जी मतपत्र भेटिएको भन्दै काँग्रेस माओवादी राप्रपा लगायतले बहिष्कार गरेपछि मतगणना स्थगित भएको थियो । 
हालसम्म पोखरा लेखनाथका ३३ वडा मध्ये शनिबारसम्म १५ वटा वडाको अन्तिम परिणाम भने आएको छ। १ देखि १५ वडा सम्मको नतिजा अनुसार कांग्रेसले ८ र एमालेले ७ वडाको अध्यक्ष जितेका छन् । एमालेले ६ वटा वडामा प्यानलसहितको जित हात पारेको छ भने कांग्रेसले ५ वटा वडामा प्यानल सहित जितेको छ। अन्य वडामा मिश्रित परिणाम आएको छ । 
अहिले पोखरा महानगरमा विवाद भएपछि मतगणना रोकिएको छ। यता निर्वाचन आयोगले भने दलहरुका बीच सर्वदलीय बैठक बसेर सहमति खोजि मतगणना सुरु गरिने बताएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: