×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु इन्सुरेन्सको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – प्रभु इन्सुरेन्सको ५०% हकप्रद सेयरका लागि आवेदन दिने मंगलबार अन्तिम दिन हो । प्रभुले प्रतिकित्ता एक सय रुपैयाँ दरको १९ लाख २५ हजार ७८.८१ कित्ता हकप्रद सेयर चैत ३० गतेदेखि बिक्री गर्दै आएको छ । इन्सुरेन्सको २ः१ अनुपातको यो हकप्रद सेयरमा प्रभु क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । यो हकप्रद सेयरमा चैत ५ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । प्रभु इन्सुरेन्सले प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौं र प्रभु बैंक लिमिटेडका विराटनगर, वीरगंज, बुटवल, धनगढी, पोखरा र बनेपा शाखाबाट आवेदन फारम लिन र बुझाउन सकिने व्यवस्था गरेको छ ।
दोस्रो त्रैमासिक रिपोर्ट अनुसार प्रभुको चुक्ता पुँजी ३८ करोड ५० लाख १६ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा पाँच करोड ४० लाख ९५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि प्रभुको चुक्ता पुँजी ५७ करोड ७५ लाख २४ हजार रुपैयाँ पुग्नेछ । प्रभुको जीवन बिमा कोषमा २६ करोड २७ लाख ५५ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दास्रो त्रैमासमा इन्सुरेन्सले दुई करोड ९२ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रभुको प्रतिसेयर आम्दानी (वार्षिक) १५ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: