×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गणतन्त्र दिवसमा प्रचण्ड पुत्र प्रकाशलाई सुप्रवल जनसेवाश्री पदक

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा छोरा प्रकाश दाहालले सुप्रवल जनसेवाश्री मान पदवी पाउने भएका छन् । गणतन्त्र दिवसका अवसरमा राज्यबाट दिइने मान पदवीमा प्रचण्ड पुत्र प्रकाश पनि परेका छन् । उनलाई राज्यले सुप्रवल जनसेवाश्रीको पदवी दिने भएको छ ।
केही दिनअघि राष्ट्रपति र उपराष्ट्रपतिका छोरा छोरी मानव पदवीबाट सुशोभित भएको भन्दै आलोचना गरिएको थियो । उपराष्ट्रपति पुत्र दीपेश पुनले जनसेवाश्री पदक पाएका थिए। एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीलाई मरणोप्रान्त दिएको नेपाल रत्न विभुषणबाट उनका छोरीहरु उषाकिरण र निशाकुसुम भण्डारीलाई सुशोभित गरिएको थियो ।
तर निषकिरण र उषाकुसुमलाई मान पदवी दिइएको भने होइन । पदवी उनका पिता मदन भण्डारीका नाममा थियो । तर पनि उनीहरुको चौतर्फी आलोचना भएको थियो । नवौँ गणतन्त्र दिवसका अवसरमा प्रकाश दाहालले पनि सुप्रवल जनसेवाश्री पदक पाउने भएका छन् । उनको नाम सुचिको १०९ नम्वरमा रहेको छ । – एस काठमाडौं
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: