×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रेणुसँग डरायो एमालेः एमाले नेताले नै भने, हाम्रो जीत कठिन छ !

चितवन – चितवनको भरतपुर उपमहानगरपालिकामा माओवादी केन्द्रकी मेयर रेणु दाहालले एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीसँगको मतान्तर एकाएक साँघुरो पारेकी छिन् । उनले जित्ने अड्कल बाजी सुरु भएको छ ।
पटक ३६ नम्बर वडाको मतगणना हुँदा रेणुले ज्ञावाली भन्दा दोब्बर (मत १३ सय मत) पाइन । रेणुले ज्ञवालीलाई ६ सय बढी मतल पछि पारिन । उक्त वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । वडामा माओवादी केन्द्रले पहिलो पटक खाता खोलेको हो । वडा १ देखी १२ नम्बर वडा मत गणना हुँदा रेणु ज्ञवाली भन्दा ३८ सय मतले पछाडि थिइन । १३ र २६ नं. वडाको मतगणना सकिँदा ज्ञावाली रेणुभन्दा २५ सय मतले अगाडि छन् ।
मत गण्ना हुन बाँकी मध्ये १४, १५, १६, १७, १८, १९, २० र २१ नम्बर वडा काँग्रेस माओवादी गठबन्धनको पकट क्षेत्र हो । त्यस्तै २२, २३ र २५ नम्बर वडामा ज्ञवालीले अग्रता लिने संम्भावना छ । रेणुले ८ वटा वडामा अग्रता लिँदा ज्ञावालीले अग्रता लिने तीन वटा वडा मात्र बाँकी छन् । त्यसपछि १४ र १५ को मत गणना सकिदाँ ज्ञवालीको अग्रता सून्यमा झर्दै झिनो मतले रेणुले अग्रता लिने संम्भावना छ ।
उक्त संम्भावनालाई एमाले स्वयमले स्वीकार गरेको छ । एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले भरतपुरको नतिजाबारे पूर्वानुमान गर्न कठिन रहेको बताए ।  पोखरेलले १३ र २६ नम्बर वडाबाट आफूहरुले अपेक्षा गरेअनुसार मत लिन नसकेको बताए ।
‘१३ र २६ नम्बर वडाबाट जे अपेक्षा गरेका थियौं । त्यसमा धोका खायौं । ’ पोखरेलले काठमाण्डुटुडेसँग भने ‘परिणामबारे यसै हुन्छ भन्न सक्ने अवस्था रहेन । ’ २६नम्बर वडाको मतगणना सकिँदा ५ हजार बढीले ज्ञवालीले अग्रता लिने अनुमान गरिएको भएपनि त्यसो हुन नसकेको उनको भनाइ छ । पोखरेल स्वंयले गन्न बाँकी मध्ये १४ र १५ नम्बर वडाबाट माओवादीले एमालेको तुलनामा धेरै मत लिने बताए । मत गणना जारी रहँदा भरतपुरमा रेणु विजयी हुने चर्चा सुरु भएको छ । – काठमाडौँ टुडे  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: