यी हुन बोनस र हकप्रद सूचीकरण गराउने कम्पनी, नेप्सेमा बुधबार २ करोड ५९ लाख कित्ता सेयर सूचीकृत

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - बुधबार नेप्सेमा विभिन्न ४ वटा संस्थाको २ करोड ५९ लाख २४ हजार ४७१ कित्ता बोनस र हकप्रद सेयर सूचीकृत भएको छ । सबैभन्दा धेरै हिमालयन बैंकको मात्रै १ करोड ३४ लाख ९७ हजार ४३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

त्यसैगरी, सोल्टी होटलको ५२ लाख ६५ हजार ५२४ कित्ता र सिभिल लघुवित्त वित्तीय संस्थाको ५० हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकरण भएको छ । बुधबार नै कैलाश विकास बैंकको ३९ लाख ५० हजार ८४० कित्ता बोनस सेयर र ३१ लाख ६० हजार ६७२ कित्ता हकप्रद सेयर सूचीकृत गरिएको छ ।  

प्रकाशित : Wednesday, May 31, 2017

recent

Popular Posts