सिद्धार्थको ६०% हकप्रद भर्ने आज अन्तिम दिन, नबिल इन्भेष्टमेन्ट र सिद्धार्थमै पाइन्छ फारम
Powered by Blogger.
सिद्धार्थको ६०% हकप्रद भर्ने आज अन्तिम दिन, नबिल इन्भेष्टमेन्ट र सिद्धार्थमै पाइन्छ फारम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - जनता बैंकसँग मिसिन लागेको सिद्धार्थ डेभलपमेन्ट बैंकको ६०% हकप्रद भर्ने बुधबार अन्तिम दिन हो । यसआधारमा आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन पाइनेछ । बैंकले १०० रुपैयाँ अंकित मूल्यको ८५ लाख १५ हजार ५.६ कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको हो । यो हकप्रद सेयर फागुन १८ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी २ अर्ब २७ करोड ६ लाख ६८ हजार १६० रुपैयाँ हुनेछ ।

 नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड सेन्ट्रल प्लाजा नारायणचौर काठमाडौंबाट यो हकप्रदमा आवेदन दिन पाइनेछ । त्यसैगरी, आवेदकले सिद्धार्थ डेभलपमेन्ट बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन फारम बुझाउन सक्नेछन् । सिद्धार्थको यो हकप्रदमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो । 


Published Date : Wednesday, May 24, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...