×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्सुरेन्सले ८ लाख ६२ हजार हकप्रद बिक्री खुला गर्दै, कहाँबाट भर्ने फारम ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – वैशाख २८ गतेदेखि सिद्धार्थ इन्सुरेन्सले १९.२३ प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । सिद्धार्थले प्रतिकित्ता १०० रुपैयाँ दरको ८ लाख ६२ हजार १२५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । सिद्धार्थको यो हकप्रद जेठ ३१ गतेसम्म भर्न पाइनेछ । ५.२ः१ को अनुपातमा यो हकप्रद बिक्री खुला गरेको हो ।
सिद्धार्थ इन्सुरेन्स हकप्रद बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्दैछ । हकप्रद सेयरका लागि लगानीकर्ताले लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, लक्ष्मी बैंकको महाराजगंज र पुल्चोक शाखाबाट आवेदन दिन सक्नेछन ।काठमाडौं बाहिर भने लक्ष्मी बैंकको पोखरा, नारायणगढ, नेपालगंज, धनगढी, जनकपुर, इटहरी, वीरगंज, विराटनगर, भैरहवा, दमक, धरान, लाहान, स्याङ्जाको वालिङ, विरेन्द्रनगर शाखाबाट आवेदन फारम भर्न र बुझाउन पाइनेछ । यसैगरी, महोत्तरीको जलेश्वर, सल्यानको श्रीनगर, दोलखाको चरिकोट, बनेपा, दमौली र हेटौंडा शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: