×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको शाखा कावासोतीमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ बैंकको शाखा कावासोतीमा

नवलपरासी – सिद्धार्थ बैंकले नवलपरासीको कावासोतीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको बैंक संचालक महेश प्रसाद पोख्रेल र भगत विष्टले संयुक्त रुपमा उद्घाटन गरे । बैंकले सो शाखा कार्यालय मार्फत सम्पुर्ण बैंकिङ सेवाका साथम एटिएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ ।
बैंकले हालै चितवनको टाँडीमा रहेका आफ्नो शाखा कार्यालयको पनि औपचारिक उद्घाटन गरेको थियो ।
बैंकले हाल देशभर रहेका ७० शाखा, २ एक्सटेन्सन् काउन्टर, ८८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ९५ करोड ७० लाख खुद मुनाफा आर्जन गर्न सक्षम रह्यो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: