वैशाख २५ गते स्टान्डर्ड चार्टर्डको एफपिओ बाँडफाँड हुदैँ
Powered by Blogger.
वैशाख २५ गते स्टान्डर्ड चार्टर्डको एफपिओ बाँडफाँड हुदैँ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको एफपिओको बाँडफाँड वैशाख २५ गते हुने भएको छ । शुक्रबार आस्वामा देखिएको समस्याका कारण सेयर बाँडफाँड हुन नसकेपछि अब सोमबार बाँडफाँड गर्ने तयारी गरेको बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० रुपैयाँ प्रिमियम थपेर २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ गत चैत्र ४ गतेसम्म निष्काशन गरेको थियो । उक्त एफपिओमा कुल दुई लाख २३ हजार तीन सय आठ आवेदकबाट ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार पाँच सय ४० रुपैयाँको आवेदन परेको थियो । बैंकको एफपीओमा आस्वाबाट ८४ हजार नौ सय १६ जनाले २४ अर्ब ५२ करोड आठ लाख ११ हजार छ सय ८० रुपैयाँ र परम्परागत तरिकाले संकलन केन्द्रबाट एक लाख ३८ हजार तीन सय ९२ जनाले जम्मा १३ अर्ब ६८ करोड ८६ लाख ८१ हजार आठ सय ६० रुपैयाँ बराबरको एफपीओ भरेको बताइएको छ ।

एफपिओ विक्री गरेपछि स्टान्डर्ड चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार तीन सय ३३ रुपैयाँ पुगेको छ भने संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : Sunday, May 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...