सनराइज बैंकको ३०% हकप्रद खुल्यो, यी हुन् फारम भर्ने ठाँउ
Powered by Blogger.
सनराइज बैंकको ३०% हकप्रद खुल्यो, यी हुन् फारम भर्ने ठाँउ


  • अर्थ सरोकर सम्बाददाता 

काठमाडौं - सनराइज बैंकको मंगलबारदेखि ३०% हकप्रद सेयर बिक्री खुला भएको छ । यस अनुसार सनराइजले १०ः३ को अनुपातमा  १०० रुपैयाँको दरले १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयर असार १९ गतेसम्म भर्न पाईनेछ । हकप्रद सेयर निष्कासन पछि सनराइजको चुक्ता पुँजी ७ अर्ब ८ करोड ९१ लाख ७५ हजार ७०० रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुर्याउन सनराइजले ३०% हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।सनराइजको हकप्रद सेयरमा वैशाख २८ गते सम्म कायम रहेका सेयरधनीले मात्र सक्नेछन् ।

सनराइज बैंकको हकप्रदमा प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी सनराईज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा, गैह्रीधारा क्रसिङ्ग काठमाडौं तथा बैंकका अधिकांस शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । सनराईजको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेका छ  । हाल सनराइको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ३२ लाख १२ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सनराइजको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा र प्रतिसेयर नटवर्थ १३६ रुपैयाँ ८३ पैसा रहेको छ ।  


Published Date : Tuesday, May 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...