स्वदेशीले आइपीओ नपरेको पैसा आजैदेखि २४ वटा बैंकबाट दिन थाल्यो फिर्ता
Powered by Blogger.
स्वदेशीले आइपीओ नपरेको पैसा आजैदेखि २४ वटा बैंकबाट दिन थाल्यो फिर्ता

 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : स्वदेशी लघुवित्त वित्तीय संस्थाले आइपीओमा नपरेको पैसा शुक्रबारबाट फिर्ता दिन थालिएको छ । स्वदेशीले विभिन्न २४ वटा बैंक तथा वित्तीय संस्थाबाट पैसा फिर्ता गर्दैछ । जसमा १२ वाट वाणिज्य बैंक रहेका छन् भने ८ वटा डेभलपमेन्ट बैंक र ४ वटा फाइनान्स कम्पनी परेका छन् । यी २४ वटा संस्थाबाहेक सेयर भर्दा अन्य बैंक तथा वित्तीय संस्थाको खाता उल्लेख गरेका आवेदकले भने चेकमार्फत रकम फिर्ता पाउने छन् । उल्लेख गरिएका २४ वटा बैंकमा खाता नहुनेलाई सेयर आवेदन दिएको संकलन केन्द्रबाटै आवेदन फारममा लेखिएको बैंक खातामा जाने गरी एकाउन्टपेयी चेक दिइने भएको छ । उता, तल उल्लेख गरिएका २४ वटा बैंक खाता हुने आवेदकको भने नेपाल क्लियरिङ हाउस लिमिटेडको इन्टर बैंक पेमेन्ट सिस्टम (एनसीएचएल– आइपीएस) मार्फत सोझै बैंक खातामा रकम रकमान्तरण गर्ने ब्यवस्था गरिएको छ । रकम भुत्तानी गर्दा कुनै पनि प्रकारको शुल्क लाग्ने छैन ।

आवेदकको खाता रहेको संस्थाको नीति अनुरुप शुल्क लाग्ने भएमा मात्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नीति अनुसार आवेदकको बैंक खाताबाट शुल्क कट्टा हुने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । स्वदेशीको आइपीओ गएको आइतबार बाँडफाँट भएको हो । यो आइपीओमा ११ सय २० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको थियो । गोलाप्रथाबाट सेयर पाउनेको हातमा १० कित्ता परेको छ । ११ सय ५० कित्ता देखि माथि आवेदन दिने सबैले सेयर पाएका छन् । सबैभन्दा बढी १५ सय कित्ता आवेदन दिनेको भागमा १२ कित्ता सेयर परेको छ । यो आइपीओमा कुल ९२ हजार २२ जनाले आवेदन दिएका थिए । स्वदेशीले चैत २५ गते देखि २९ गतेसम्म १०० रुपैयाँ दरको ३ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमध्ये १२ हजार कित्ता सेयर कर्मचारीलाई र १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । 

प्रकाशित मिति : Friday, May 26, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...