×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिनाउ विकास बैंकको ३५% हकप्रद खुल्यो,यो ठाउँबाट आवेदन दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – तिनाउ विकास बैंकको आजदेखि ३५% हकप्रद सेयर बिक्री खुला भएको छ । तिनाउले १०ः३.५ अनुपातमा  सेयर बिक्री खुला गरेको हो । यसआधारमा बैंकले १०० रुपैयाँ मूल्य अंकित गरेको छ । बैंकले १ करोड ९४ लाख ७९ हजार ६०९ रुपैयाँको ११ लाख ९४ हजार ७९६.०९ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । यो हकप्रद सेयर जेष्ठ २२ गतेसम्म भर्न पाइनेछ ।  बैशाख ५ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । 
तिनाउ विकास बैंकको मुख्य कार्यालय बुटवलसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । त्यसैगरी, सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट पनि सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहनेछ । बैंकले चालु आर्थिक तेस्रो त्रैमासमा ७ करोड ८० लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी चुक्ता पुँजी ३९ करोड ६६ लाख ६७ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ४८ पैसा (बार्षिकीकरण) रहेको तिनाउको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ९२ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: