BREAKING NEWS : सर्वोच्चको आदेशः महाअभियोग अघि नबढाऊ, प्रधानन्यायाधीश कार्की आजै काममा फर्कनू
Powered by Blogger.
BREAKING NEWS : सर्वोच्चको आदेशः महाअभियोग अघि नबढाऊ, प्रधानन्यायाधीश कार्की आजै काममा फर्कनू


  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ -सर्वोच्च अदालतले सुशिला कार्कीका पक्षमा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दायर भएको महाअभियोगको प्रक्रिया अघि नबढाउन आन्तरिम आदेश अदालतले दिएको हो भने कार्कीलाई यथावत रुपमा आफ्नो पदमा काम गर्न दिन भनेको छ ।

यता महाअभियोगविरुद्ध दायर रिटमा सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले संविधानको मर्म र भावना अनुसार महाअभियोग नआएको बताएको छ । न्यायाधीयहरुबाट गरिने व्यवहार, आचरण र न्याय सम्पादन समेतमा गल्भीर विचलन भए नभएको विषयमा गम्भीर छलफल भएर निस्कने परिणाम वस्तुगत र प्रमाणयोग्य आधार भए मात्र महाअभियोग प्रस्ताव संवैधानिक र जायज हुने आदेशमा उल्लेख छ ।

साथै सुविधा सन्तुलनका आधारमा रिटको टुंगो नलागेसम्म संसदमा दर्ता भएको महाअभियोग र संसदका महासचिवले जारी गरेको पत्र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । साथै प्रधानन्यायाधीश कार्कीलाई यथावत रुपमा आजै आफ्नो पदमा काम गर्न दिन भनेको छ ।


Published Date : Friday, May 5, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...