×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिप्लव माओवादीका नाममा पैसा उठाउन सक्ने एमालेले माओवादी केन्द्रको नाममा मतपत्र च्यात्न नसक्ला र ?

  • एसपी अनुराग 
भरतपुर – भरतपुरमा मत च्यातिनु भनेको जनताको मतको अपमान गरिनु हो । त्यो जसले गरेको भएपनि निन्दनीय छ । एमालेले माओवादी र माओवादीले कांग्रेसलाइ दोष थुपारेपनि जो कोहिपनि शंकाको घेरामा हुन सक्छन् । किनकि यो चुनाव हो र चुनावमा आफु जित्नका लागि जसले जस्तोसुकै हतकण्डा अपनाउनपनि सक्छ। जसले गरेको भएपनि उक्त कार्य निन्दनीय पक्कै छ । 
मतगणना हुँदै थियो । निर्वाचन अधिकृत पिसाव लागेको भन्दै शौचालय लागे । त्यहि बेला अनाधिकृत व्य्वक्तिहरु भित्र छिरे र मतपत्र छिरे ? उनीहरुलाई आखिर कसले छिरायो भित्र ? के अधिकृतलाई पिसाव लाग्नु र उनीहरु भित्र छिर्नु नियोजित त थिएन ? आशंका उब्जिएको छ । 
यतिमात्र होइन सबैले रेणु पछाडी परेकै कारण माओवादीलाई दोष दिइरहंदा रेणुले घटाउँदै आएको मतान्तरदेखि डराएर एमालेका कार्यकर्ताले पनि त त्यसो गरेका हुन सक्छन भन्ने कुरामा कसैले ध्यान दिएको छैन । हुन त यसको अनुसन्धान भएको पनि होला । तर कुनैसमय विप्लव माओवादीका नाममा चन्दा उठाएर फन्दामा परेको खबरलाइ यसो केलाउने हो भने यो गलत काम एमालेका कार्यकर्ताले नगरेका होलान् भन्न सकिन्न । 
एमालेका उम्मेदवार देवी ज्ञवालीले मतपत्र च्यात्दापनि सुरुमा सुरक्षाकर्मीले केहिपनि गरेन, हेरिरह्यो,यो सबै नियोजित थियो भन्ने आरोप पनि लगाएका छन् । यहि आरोपमा वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेलेलगायत केहिलाइ पक्राउ गरिएको छ ।
तर यसरी सीधा भन्दापनि यस्तो निन्दनीय काम गराउन कसले लगायो र किन लगायो भन्ने कुरामा स्पष्ट धारणा आउन जरुरी छ । किनकि यो एउटा घटना होइन प्रवृतिको कुरा हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: