×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अडिट फर्मनै नक्कली भ्याट-बिलको धन्दामा ! राजस्व अनुसन्धान विभागले मार्यो छापा, अनुसन्धान सुरु !

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – लेखापरिक्षण गर्ने अडिट फर्मनै नक्कली भ्याट बिलको धन्दामा लागेको भन्दै  वीरगञ्जको आदर्शनगरमा रहेको अडिट फर्ममा राजस्व अनुसन्धानले छापा मारेको छ । विभागको काठमाडौंबाट गएको विशेष टोलीले प्रदीपकुमार वर्माको नाममा दर्ता रहेको अडिट फर्ममा छापा मारेको हो । यो फर्मबाट जारी भएको नक्कली भ्याट बिल ठूला कर्पोरेट हाउसमा समेत प्रयोग भएको हुनसक्ने भन्दै विभागले अनुसन्धानलार्इ तीब्र बनाइएको बताइएको छ । 
यो विषयलाई विभागको टोलीले गोप्य राखेपनि उक्त टोलीका एक सदस्यका अनुसार गौरका सन्तोष श्रीवास्तव,दीपक श्रीवास्तवले बारा र पर्साका केही व्यक्तिको नाममा कम्पनी दर्ता गर्ने र नक्कली भ्याट दिने गरेको भेटिएको छ ।
‘बिल वापत १० प्रतिशत कमिशनमा दिएर बिक्री हुँदो रहेछ । राज्यलाई मोटो रकम घाटा परेको छ ।अडिट फर्मका काठमाडौं प्रतिनिधि राजेश श्रीवास्तवले काठमाडौं, विराटनगर, भैरहवा, विभिन्न हाइड्रोपावर प्रोजेक्ट, ठेकेदार कम्पनीलगायत विभिन्न संस्थामा सो भ्याटबिल दिने गरेको पाइएको छ।’ टोलीका एक सदस्यले अर्थ सरोकार डटकमसँग भने ।
स्रोतका अनुसार विभागले सन्तोष श्रीवास्तव र सहायक वीरेन्द्र बैठालाई नियन्त्रणमा लिएको छ । गिरोह सञ्चालक दीपक श्रीवास्तव फरार छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: