×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालीद्वारा सञ्चालित अष्ट्रेलियाको कलेज बन्द, नक्कली बिद्यार्थी खडा गरी लाखौं डलर दुरुपयोग गरेको पुष्टी !

काठमाण्डौ – अष्ट्रेलियामा नेपाली मूलका ब्यबसायीद्वारा सञ्चालित रोयल गुर्खा इन्सटिच्यूट अफ टेक्नोलोजी कलेज बन्द हुने भएको छ । सरकारले प्राबिधिक शिक्षा पढाएबापत कलेजहरुलाई दिने रकमको दुरुपयोग गरेको ठहर भएपछि उक्त कलेज बन्द हुने भएको हो ।
प्राबिधिक शिक्षासम्बन्धी सरकारी नियमनकारी निकायले गरेको विस्तृत परिक्षणमा सो कलेजले नक्कली बिद्यार्थी खडा गरी सरकारबाट लाखौं डलर रकम लिएको पुष्टी भएपछि सरकारले कलेज बन्द गर्ने आदेश दिएको द अष्ट्रेलियन पत्रिकाले जनाएको छ ।
कलेज बन्द भएसँगै त्यहाँ कार्यरत करिव २ सय कर्मचारी बेरोजगार हुनेछन् भने करिव १४ सय बिदेशी बिद्यार्थीको भविष्य पनि अन्यौलमा परेको छ । तर, कलेजले भने बिज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयमाथि पुनराबेदन गर्ने र अन्तिम निर्णय नआउँदासम्म कलेज सञ्चालन गरिरहने बताएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: