×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यी आठ बैंकलाई समयमै आठ अर्ब चुक्ता पूँजी पुर्याउन मुश्किल ! समयमै नपुर्याए के हुन्छ ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – यहि आर्थिक बर्षभित्र वाणिज्य बैंकको चुक्ता पूँजी ८ अर्व पुर्याउनुपर्ने भएपनि ८ बैंकहरुलाई भने चुक्ता पूँजी ८ अर्व पुर्याउन फलामको च्यूरा चपाएझैं हुने भएको छ । एभरेष्ट, लक्ष्मी, सेन्चुरी कमर्सियल, एनसीसी, मेगा, सिभिल, कुमारी र जनता बैंकलाई  चुक्ता पूँजी ८ अर्व पुर्याउन हम्मे हम्मे परेको हो । 
यता नेपाल इन्भेष्टमेन्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी पुगिसकेको छ भने नविल, ग्लोबल आइएमई, हिमालयन, एनआइसी एसिया र एनएमबि बैंकले चालु आवको नाफाबाट बोनस दिएर ८ अर्व पूँजी चुक्ता पुर्याउने भएका छन् । यता सिटिजन्सले हालै जारी गरेको २५ प्रतिशत हकप्रद गणना गर्दा ८ अर्व चुक्ता पूँजी पुर्याउंछ भने सानिमा, नेपाल, नेपाल बंगलादेश बैंकको हकप्रद बिक्री खुला भइरहेको छ जसपछी बोनस दिंदा यिनको पनि  ८ अर्ब चुक्ता पूँजी पुग्छ । 
एसबिआई र सनराइज बैंकले क्रमशः ४० र ३० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेका हुनाले अपुग पुँजी बोनसबाट पुर्याउन सक्ने देखिएको छ । माछापुच्छ्रे, प्रभु र सिद्धार्थ बैंक हकप्रद निश्कासनका लागि बोर्डको पाइपलाइनमा छन् । जसपछि उनीहरुकोपनि चुक्ता पूँजी तोकिएअनुसार नै पुग्नेछ ।  
समयमै नपुर्याए के हुन्छ ?
यता विभिन्न बैंकहरुले असार मसान्तभित्र ८ अर्ब चुक्ता पूँजी नपुर्याए के हुन्छ भन्ने विषयपनि चर्चाको विषय बन्न थालेको छ ।  चुक्ता पूँजी ८ अर्व पुर्याउने गरी प्रक्रिया पुरा भइसकेका बैंकहरुलाई छुट हुने  तर प्रक्रियापनि सुरु नगर्नेलाई भने कारवाही हुने डेपुटी गभर्नर सिवाकोटीले अर्थ सरोकार डटकमलाई बताए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: