भैरहवा विमानस्थलमा झलनाथ पुत्रको दादागिरीले सीमा नाघ्यो, चिनियाँ ठेकेदार हटाउने फोहोरी खेल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - भैरहवा विमानस्थल निर्माणमा झलनाथ खनालका पुत्र निर्भिक चित्रकार खनालको दादागिरीले सीमा नाघ्न थालेको छ । विमानस्थल निर्माणको ठेक्का पाएको कम्पनीलाई हटाएर आफ्नो उधुम मच्चाउने बद्नियतका साथ् उनले चलखेल सुरु गरेको सरोकारवालाहरुको आरोप छ । उनको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा कम्पनीलार्इ ‘सब कन्ट्रयाक्टर’ बाट चिनियाँ कम्पनीले हटाएपछि उक्त ठेक्का रद्ध गर्न चलखेल सुरु भएको सरोकारवालाहरुको दावी छ । खनाल पुत्रकै कारण काम गर्न नसकेको कम्पनीलाई निर्धारित समय भित्र विमानस्थल नबनाएको भन्दै प्राधिकरणले चिनियाँ कम्पनीलार्इ छैठौं पटक चेतावनी पत्र 'नोटिस टु करेक्ट' दिएको छ ।

यसकारण ठेक्काबाट हटाइएको थियो झलनाथ पुत्रको कम्पनीलाई 
स्रोतका अनुसार आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण सामग्री उपलब्ध नगराएपछि निर्भिक चित्रकार खनालको कम्पनीलाई गत महिना ‘सब कन्ट्र्याक्टर’बाट हटाइएको थियो । 'भनेको अनुसार सामान नल्याउने, जतापनि, जहाँपनि कमिसनमात्रै बढी खोज्ने, निर्माण कार्य राम्रो बनाउने भन्दापनि कमाउने खेलमा बढी लाग्ने देखिएपछि उनलाई पटक पटक सम्झाउँदापनि नलागेपछि अन्तत: कम्पनीलाई हटाइएको थियो ।' स्रोतले भन्यो । स्रोतका अनुसार नागरिक उड्ययन प्राधिकरण र एमालेका केही नेताको दबाबमा चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरर्पोट कन्स्ट्रक्सनलार्इ हटाउन लागिएको छ । चिनियाँ कम्पनीले एडीबीले रकम दिएपछि पैसा चुक्ता गर्ने प्रतिवद्धतालार्इ निर्भिकको कम्पनीले नमानेको चिनियाँ कम्पनी स्रोतले जानकारी दिएको छ । नेपाली कम्पनीमा निर्भिकको साथै एमालेको भातृ संगठन युवा संघ नेपालका उपाध्यक्ष राजु गुरुङ र पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पा निकट फुर्वा शेर्पा, शक्ति डङ्गोल, रञ्जित राई लगायत सातजना संलग्न छन् ।

खनालको भाँजोका कारण काम गर्न सकेन चिनियाँ कम्पनीले 
चिनियाँ कम्पनीको उजुरीपछी भैरहवा विमानस्थलको प्रमुख दातृ संस्था एसियाली विकास बैंक(एडीबी)ले नै निर्भिकको कम्पनीलार्इ हटाउन पत्र लेखेको थियो । आफुलाई हटाइएपछी खनालको कम्पनीका अन्य प्रतिनिधिहरुले आफुलाई हटाएको ठेक्का कुनैपनि हालतमा सम्पन्न गर्न नदिने भन्दै भाँजो हालेपछि अहिले चिनियाँ कम्पनीले समेत काम गर्न सकेको छैन । चिनियाँ कम्पनीलाई काम सुरु गरे जे पनि हुन सक्ने भन्दै पटक पटक खनालको कम्पनीले धम्की दिएपछि चिनियाँ कम्पनीले आवश्यक समन्वय नभएको र सुरक्षाको प्रत्याभूति नभएको जानकारी दिंदै हालका लागि काम सुस्त गतिमा गरिरहेको छ । खनालकै कारण काम सुस्त भएपछि स्थानीय प्रशासन र नागरिक उड्ययन प्राधिकरणले आयोजनाको काम सुस्त भएको भन्दै हटाउने चेतावनीसहितको पत्र पठाएका छन् ।

के भन्छन् विमानस्थलका कार्यालय प्रमुख ?
'खनालको दादागिरी यो हदसम्म छ कि उनले सबैतिर सेटिङ मिलाइसकेका छन् । भैरवहा विमानस्थलका कर्मचारी, नागरिक उड्ययन प्राधिकरणका पधाधिकारी र देशका उच्चा तहका नेताहरुलाई झलनाथको नाम भजाउँदै उनले प्रभावमा पारिसकेका छन् ।' स्रोतले भन्यो । यता भैरहवा विमानस्थल कार्यालय प्रमुख ओम शर्माले नेपाली सब कन्ट्रयाक्टरवाट छुट्टिएपछि चिनियाँ कम्पनीले लक्षित योजना अनुसार काम गर्न नसकेको बताउँदै ठेक्का तोड्ने मनस्थितिमा पुगेको बताए । 'चिनियाँ कम्पनीलाई निरन्तरता दिने वा ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने भनेर परामर्शका लागि नागरिक उड्ययन प्राधिकरणलाई चिठ्ठी समेत लेखिएको छ।' उनले भने।
प्रकाशित : Friday, May 05, 2017
,
Loading...

recent

Popular Posts